व्यवस्था परिवर्तन नभएको भए ‘कार्साङ’ फिल्म नै बन्दैनथ्यो : दयाहाङ राई
काठमाडौं : एक दशकअघि एउटा धारमा कुदिरहेको नेपाली फिल्मको लहरलाई नाटकबाट आएका कलाकारहरूले फरक शैलीमा दौडाए।
उनीहरूले नाट्यशैलीको अभिनयलाई फिल्ममा उतारेपछि दर्शकले मन पराए। यहि लहडमा नेपालका विभिन्न जातजातिको कथामा फिल्म बन्यो। राजेश हमाल, निखिल उप्रेती, शिव श्रेष्ठ, धिरेन शाक्य जस्ता कलाकार विस्थापित नै भए।
नाटकका कलाकारहरू हावी भएपछि विभिन्न समुदाय र जातजातिको फिल्म बने। थकाली समुदायको कथामा ‘कबड्डी’, लिम्बू समुदायको कथामा ‘जारी’, मगर समुदायको कथामा ‘घर ज्वाइँ’, तिब्बतियन समुदायको कथामा ‘शाम्बाला’ र अहिले शेर्पा समुदायको कथामा ‘कार्साङ’ निर्माण भएको छ।
देशभित्रकै विभिन्न जातजातिको कथामा फिल्म बन्नुको श्रेय कलाकार दायहाङ राई व्यवस्थालाई दिन्छन्। व्यवस्था परिवर्तन भएपछि मात्र जातजातीको फिल्मलाई पनि फिल्म मान्न थालिएको उनको तर्क छ।
‘हिजो जुन अवस्थामा काम भइरहेको थियो। त्यो बेला नेपालको व्यवस्था, राजनीतिक रूपले सायद यो कुरालाई स्वीकार्दैनथियो कि! पछिल्लो समय आएको मानिसको चेतनाले ‘ए हामीले पनि हाम्रो चिज भन्दाखेरि हुँदो रहेछ’भन्ने कुरा महशुस गर्न थालेपछि यस्ता फिल्महरू बन्न थालेका हुन्। व्यवस्था परिवर्तन नभइदिएको भए यो भन्न सकिँदैनथ्यो।’
याम शेर्पाले निर्देशन गरेको फिल्म ‘कार्साङ’ सिन्धुपाल्चोकको शेर्पा समुदायको कथा हो।
पुष १८, २०८१ बिहीबार ११:३२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।