सम्झौताअनुसार काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

सम्झौताअनुसार काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं : सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम तीन वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यी हुन् कालोसूचिमा परेका कम्पनीः-
१. श्री एसएएस कन्स्ट्रक्सन प्रालि, विराटनगर-१६, मोरङ
२. श्री एमएस इन्स्पुर सफ्टवेयर ग्रुप कम्पनी लिमिटेड, चीन
३. श्री मृत सन्जिवनी-ग्याल्बा जेभी, काठमाडौं
४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रालि, डेटौंडा
५. श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका-६, गोरखा
६. श्री सुष्मी कन्स्ट्रक्सन प्रालि, गोकर्णेश्वर नगरपालिका-५, काठमाडौं। कार्यालयः अत्तरपुर, सिन्धुपाल्चोक
७. श्री रविन कन्स्ट्रक्सन, गुलरिया-६, बर्दिया
८. थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गाउँपालिका-६, रसुवा
९. एम/एसएमडी अप्टिकल सोलुसन प्रालि, पोखरा-१५ कास्की
१०. शिलादेवी एसबीडी निर्माण सेवा प्रालि, शुक्लागण्डकी-२, तनहुँ
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भिमदत्त नगरपालिका-४, कञ्चनपुर
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका-४, कपिलवस्तु
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज-१३, बाँके

पुष १८, २०८१ बिहीबार १०:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।