ड्रेसिङ रुमको कुराकानी बाहिरएपछि गौतम गम्भीरले भने- ‘यो बाहिर आउनु हुँदैन’
एजेन्सी : भारतीय क्रिकेट टोलीको ड्रेसिङ रुममा भएको कुराकानी सार्वजनिक भएपछि मुख्य प्रशिक्षक गौतम गम्भीर आक्रोशित भएका छन्।
अन्तिम टेस्टअघि भएको पत्रकार सम्मेलनमा प्रशिक्षकले खेलाडी र प्रशिक्षकबीचको कुराकानी ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्ने बताए। उनले भने, ‘यो बाहिर आउनु हुँदैन।’
गम्भीरले ड्रेसिङ रुममा भएको तनावको खबरमा कुनै सत्यता नभएको दाबी समेत गर्न भ्याए।
एक दिनअघि मेलबर्न टेस्ट हार्दा कोच गम्भीरले भारतीय खेलाडीलाई यो त अति भयो भन्दै गाली गरेका थिए।
सिड्नी टेस्ट भोलिबाट सुरु हुंँदैछ। पाँच खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडि छ। राम्रो प्रदर्शन गरे भारतलाई सिड्नीमा सिरिज बराबरी गर्ने मौका छ।
यसका अलावा गौतमले सबै खेलाडीहरूलाई कुन कुरामा काम गर्ने भन्नेबारेमा स्पष्ट जानकारी भएको बताउँदै आफूले आगामी टेस्ट खेल कसरी जित्ने भन्नेबारेमा मात्र कुरा गरेको बताए।
उनले प्रशिक्षक र खेलाडीबीचको बहस ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्नेमा पुन: जोड दिँदै ड्रेसिङ रुममा इमान्दार मानिसहरू भएसम्म भारतीय क्रिकेट सुरक्षित हातमा हुने बताए।
सोही पत्रकार सम्मेलनमा गौतमले आकाश दीपलाई बलिङ गर्ने क्रममा चोट लागेका उनी रेष्टमा रहने बताए। उनको स्थान प्रसिद्ध कृष्ण वा हर्षित रानामध्ये एकले लिनेछन्।
प्लेइङ-११ को प्रश्नमा उनले पिच हेरेपछि मात्रै तय गर्ने बताए।
पुष १८, २०८१ बिहीबार १०:२६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।