अष्ट्रेलिया टेस्टको प्रदर्शनपछि आक्रोशित बने गम्भीर, भने- ‘अब त अति भयाे’

अष्ट्रेलिया टेस्टको प्रदर्शनपछि आक्रोशित बने गम्भीर, भने- ‘अब त अति भयाे’

एजेन्सी : मेलबर्न टेस्टमा पराजयपछि भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्।

इन्डियन एक्सप्रेसका अनुसार हारपछि खेलाडीहरू ड्रेसिङ रुममा फर्कने बित्तिकै गम्भीरले सम्पूर्ण टोलीलाई ‘अब एकदमै धेरै भयो’ भनेका थिए।

गम्भीरले खेलाडीको गलत शट चयनमा पनि असन्तुष्टि व्यक्त गरेका छन्। कसैको नाम नलिई उनले नेचुरल गेम खेलेका कारण आउट भएँ भन्ने खेलाडीले परिस्थितिअनुसार खेल्नुपर्ने बताए।

रिपोर्टका अनुसार गम्भीरले भनेका छन्, ‘खेलाडीलाई आफ्नो तरिकाले खेल्न ६ महिनाको समय दिइएको थियो तर अहिले त्यो सबै सकिएको छ। अब मेरो योजना अनुसार टोलीमा नखेल्ने खेलाडीलाई धन्यवाद भनिनेछ।’

गम्भीरले पुजारालाई यो सिरिजमा फर्काउन माग गरेका थिए। गम्भीरले पुजारालाई टेस्ट टोलीमा फर्काउन चाहे पनि सेलेक्टरले अस्वीकार गरेका थिए। ३६ वर्षीय पुजाराले पछिल्लो दुई अष्ट्रेलिया भ्रमणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले सन् २०१८ को भ्रमणमा सात पारीमा पाँच सय २१ रनको उच्चतम स्कोर बनाएका थिए। उनले २०२१ को भ्रमणमा पनि दुई सय ७१ रन बनाएका थिए। पुजारालाई गाब्बा टेस्टको महत्वपूर्ण भूमिकाका लागि याद गरिन्छ, जहाँ उनले भारतलाई जित दिलाउन २११ बल खेलेका थिए।

अब भारतले भोलिदेखि गाब्बा टेस्टको अन्तिम खेल खेल्दैछ। वर्ल्ड टेस्ट च्याम्पियसिपको फाइनल खेल्नका लागि पनि भारतले यो खेल जित्नैपर्ने देखिन्छ। यो खेल जितेमा भारतल श्रीलंका र अष्ट्रेलियाबीचको टेस्टको नतिजा पर्खनुपर्नेछ।

पुष १८, २०८१ बिहीबार ०९:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।