मोन्टेनेग्रोमा गोलीबारी : दुई बालबालिकासहित १० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
एजेन्सी : युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ।
सार्वजनिक प्रसारक आरटीसीजीले पुलिस अधिकारीहरूलाई उद्धृत गर्दै सेटिन्जेको एक रेस्टुरेन्टमा उक्त घटना भएक बताएको छ।
गोलीबारीमा केही मानिसको मृत्यु भएपछि आक्रमणकारीले आफूलाई पनि गोली हानेका थिए।
मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। देशका प्रधानमन्त्रीले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन्।
आक्रमणकारीले आफ्नो परिवारका सदस्य, रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या गरेको देशका गृहमन्त्रीले जानकारी दिए।
समाचार एजेन्सी एएफपीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै गोलीबारीमा चार जना गम्भीर घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताएको छ।
पुष १८, २०८१ बिहीबार ०९:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।