न्यू अर्लिन्सको ट्रक दुर्घटना आइएसबाट प्रभावित भएको बाइडेनको दाबी

न्यू अर्लिन्सको ट्रक दुर्घटना आइएसबाट प्रभावित भएको बाइडेनको दाबी

एजेन्सी : अमेरिकाको न्यु अर्लिन्सको बोर्बोन स्ट्रिटमा ट्रकले मानिसलाई किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणकारीको बारेमा आफू चरमपन्थी संगठन आईएसबाट प्रभावित भएको दाबी गरेका छन्।

अभियुक्तले आक्रमण गर्नुअघि सामाजिक सञ्जालमा भिडियो अपलोड गरेको अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई)ले आफूलाई जानकारी गराएको बाइडेनले पत्रकार सम्मेलनमा बताए।

यसले ती व्यक्ति आईएसबाट प्रभावित भएको र उनको उदेश्य नै मानिसहरूलाई मार्नु रहेको पुष्टि हुने बाइडेनको भनाइ छ।

यसका अलावा बाइडेनले लस भेगास एलन मस्कको अफिसबाहिर टेस्लामा भएको साइबरट्रक विस्फोट र न्यू अर्लिन्सको घटनाको सम्बन्ध नभएको समेत दाबी गरेका छन्।

अनुसन्धान एजेन्सीले आरोपितसँग अरु कोही संलग्न थियो वा थिएनन् भन्नेबारेमा अनुसन्धान गरिरहेका छन्।

चालकले जानाजानी ट्रक भीडमा घुसाएको र त्यसपछि गाडीभित्रबाट गोली चलाएको बताएको प्रहरीले जनाएको छ। त्यसपछि शंकास्पद ट्रक चालकलाई प्रहरीले गोली हानेको थियो।

पुष १८, २०८१ बिहीबार ०८:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।