छोरीलाई आफ्नै फिल्म 'पहाड'बाट डेब्यु गराउँदै छन् तुलसी घिमिरे, वर्षा राउत बाहिरिइन्

छोरीलाई आफ्नै फिल्म 'पहाड'बाट डेब्यु गराउँदै छन् तुलसी घिमिरे, वर्षा राउत बाहिरिइन्

काठमाडौं : निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमीले फिल्म 'पहाड' बाट डेब्यु गर्ने भएकी छन्। 

निर्देशक घिमिरेको निर्देशनमा बन्ने यो फिल्मको औपचारिक घोषणा भने केही दिनमा एक कार्यक्रमकाबीच गर्ने तयारी छ।

पञ्चमीले यसअघि बुवाको निर्देशन रहेको फिल्म 'दर्पण छायाँ २' मा सहायक निर्देशक भएर काम गरेकी थिइन्। 

उनले मुम्बईमा विज्ञापन फिल्महरूमा क्रिएटिभ डिरेक्टरको रूपमा कार्य गर्दै आइरहेकी छन्। फिल्ममा पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्ने छिन्। 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारहरू यसअघि अनुबन्धित भइसकेका छन्। तर, यसअघि फिल्ममा वर्षा राउत हुने भनिएपनि यो फिल्ममा उनी हुनेछैनन्। उनको ठाउँमा अर्की एक अभिनेत्री भित्रिने भनिएपनि उनको नाम सार्वजनिक गरिएको छैन।

फिल्मको छायांकन माघ ६ बाट सुरू गर्ने तयारी रहेको निर्देशक घिमिरेले जानकारी दिए। 

उनका अनुसार फिल्मको छायांकन गोरखा जिल्लामा हुनेछ। त्यसपछिको छायांकन काठमाडौं र मुम्बईमा हुनेछ।

बढ्दो बसाइँसराइले दिनदिनै रित्तिँदै गएको अनि यसले यसले ल्याउने सामाजिक र आर्थिक समस्याको पेरिफेरिमा यो फिल्म बन्ने छ। 

पुष १७, २०८१ बुधबार २१:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।