प्रभुले सुरु गर्‍यो स्वचालित डिजिटल काउन्टर

प्रभुले सुरु गर्‍यो स्वचालित डिजिटल काउन्टर

काठमाडौँ : नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैङ्क लिमिटेडले स्वचालित काउन्टर प्रभु डिजिटल क्लब सञ्चालनमा ल्याएको छ। बैङ्कका अनुसार सो काउन्टरबाट ग्राहकहरूले सहजै नगद जम्मा गर्न, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ लगायतका सुविधा लिन सक्नेछन्।

मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरू ग्राहक आफैँले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएका बैंकले जानकारी दिएको छ। यसले कार्यालय समय कुरेर काउन्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएका बैकको दाबी छ।

पुष १७, २०८१ बुधबार १६:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।