श्रीमान्-श्रीमती र छोरा मिलेर १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याए, २१ दिनपछि आरोपीहरू समातिए

श्रीमान्-श्रीमती र छोरा मिलेर १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याए, २१ दिनपछि आरोपीहरू समातिए

काठमाडौं : १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन्।

भारत मोतिहारी घोडासान थाना बकुलिया-५, घर भइ बेंसीशहर नगरपालिका-७, सहजी बस्ने ४० वर्षीय सेख सईतुला, उनकी श्रीमती र छोरासमेत तीन जनालाई बेंसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन्।

उनीहरुले ती बालिकालाई गएको मंसिर २४ मा अपहरण गरी भारत पुर्याएको आरोप छ।  

उनीहरूलाई पुस १५ मा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको छ।  

पुष १७, २०८१ बुधबार १४:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।