कालीगण्डकी करिडोरको माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र

कालीगण्डकी करिडोरको माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र

म्याग्दी : मालढुङ्गा-बेनी सडकअन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो।

कुश्मा नगरपालिका-१ माझीबस्तीबाट जलजला गाउँपालिका-८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो।

तेह्र किलोमिटर लामो बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

अहिले विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ।

पुष १७, २०८१ बुधबार ०९:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।