बसले किचेर ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

बसले किचेर ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

बरहथवा : सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ।

तीव्रगतिमा रहेको बागमती प्रदेश०१-००६ख २००४ नम्बरको यात्रुवाहक बसले बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई किचेको थियो।

बसले किचेर गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ।

पुष १७, २०८१ बुधबार ०८:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।