यमनमा भारतीय नर्सलाई फाँसी दिइँदै, राष्ट्रपतिले दिए मञ्जुरी
एजेन्सी : यमनका राष्ट्रपतिले यमनमा जेलमा रहेकी भारतीय नर्स निमिषा प्रियालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसको पुष्टि गरेका छन्। परराष्ट्र मन्त्रालयले यस विषयमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएको छ।
केरलाकी निमिशामाथि यमनका नागरिक तलाल अब्दो महदीको हत्या गरेको आरोप छ। निमिषाले २०१७ मा महदीलाई औषधिको ओभरडोज दिएर हत्या गरेको अभियोगमा त्यहाँको अदालतले उनलाई दोषी ठहर गरिसकेको छ।
निमिशा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए। महदीले निमिषाको राहदानी नियन्त्रणमा लिएर यातना दिएको आरोप थियो। निमिषालाई एक महिनाभित्र मृत्युदण्ड दिइनेछ।
निमिषाले सन् २००८ मा नर्सिङ पढिसकेपछि केरलामा काम गर्न थालेकी थिइन्। २०११ मा उनले केरलका टमी थोमससँग विवाह गरिन्। त्यसपछि दुवै सन् २०१२ मा यमन गए।
सन् २०१४ मा आर्थिक अभावका कारण निमिशाका श्रीमान् र एक छोरी भारत फर्किए। तर, निमिशाले यमनमा काम गरिरहिन्।
यसै क्रममा यमनमा गृहयुद्ध सुरु भयो। जसका कारण उसले भिसा दिन बन्द गरेपछि निमिशाका श्रीमान यमन फर्कन पाएनन्।
२०१५ मा निमिशाले यमनको राजधानी सानामा महदीसँग साझेदारीमा आफ्नै क्लिनिक सुरू गरे। यमनका नागरिकले मात्र देशभित्र व्यवसाय गर्न पाउने कानून भएपछि निमिषाले महदीको सहयोग मागेकी थिइन्।
२०१५ मा एक महिनाको बिदामा केरला आएका थिए। निमिषासँगै महदी पनि आएका थिए। उनले निमिषाको घरबाट विवाहको फोटो चोरी गरेर पछि त्यही फोटोमा छेडखानी गरेर निमिशा पति आफू भएको दाबी गरे।
निमिशाकी आमाका अनुसार उनले क्लिनिकको स्वामित्व कागजातमा छेडछाड गरेर महदीले त्यहाँबाट केही हिस्सा समेत लिन थालेका थिए।
महदीले निमिषाको राहदानी जफत गरेको र मादक पदार्थ सेवन गरी यातना दिएको भन्दै निमिषाकी आमाले अदालतमा निवेदन दिएकी थिइन्। उनले निमिषालाई पटकपटक बन्दुकको धम्की समेत दिएका थिए।
जुलाई २०१७ मा निमिषाले महदीलाई एनेस्थेटिक इन्जेक्सन दिएकी थिइन्। महदीमा त्यसको कुनै असर नभए पछि निमिषाले उनलाई औषधिको ओभरडोज दिइन्, जसका कारण उनको मृत्यु भयो।
पुष १७, २०८१ बुधबार ०७:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।