विष्णु पौडेले सेयरमा भित्र्याएको उत्साह टिकेन, २६ सय अंकबाट पनि तल झर्‍यो

विष्णु पौडेले सेयरमा भित्र्याएको उत्साह टिकेन, २६ सय अंकबाट पनि तल झर्‍यो

काठमाडौँ : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव ०८ अङ्कले घटेर बजार बन्द भयो। सातको तेस्रो दिन नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा झर्यो।

तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ।

वित्त कम्पनीको शेयर मूल्यमा मंगलबार उच्च अङ्कको गिरावट आयो। वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घट्यो। त्यस्तै विकास बैङ्क समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ।

बैङ्किङ शून्य दशमलव ९२, होटेल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बिमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ। अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै बढ्नेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ।

पुष १६, २०८१ मंगलबार १७:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।