भारतको श्रीराम वेद विद्यालय र नेपालको वैदिक कर्मकाण्ड गुरुकुलबीच भगिनी सम्बन्धको तयारी
काठमाडौँ : राम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले शाश्वत धाम पुगेका छन्। भ्रमणको उद्देश्य श्रीराम वेद विद्यालय अयोध्या र शाश्वत धामस्थित वैदिक कर्मकाण्ड गुरुकुलबीच भगिनी सम्बन्ध स्थापना गर्ने रहेको धामका अधिकारीले जानकारी दिएका छन्।
यस विषयमा शाश्वत धामकी फाउन्डर सारिका चौधरी र गुरुकुलका प्रधानाचार्य विष्णुप्रसाद घिमिरेबीच छलफल भएको थियो। छलफलमा दुवै संस्थाका विद्यार्थीहरूको शैक्षिक र आध्यात्मिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको धामका अधिकारीले जानकारी दिए।
यस अन्तर्गत दुई धार्मिक केन्द्रका विद्यार्थीहरुबीच ज्ञान आदान-प्रदान कार्यक्रम, संयुक्त अनुसन्धानका योजनाहरू, वैदिक ज्ञान-विज्ञानको अध्ययन-अध्यापन र सांस्कृतिक आदान-प्रदान जस्ता गतिविधिहरू समावेश हुने बताइएको छ।
सन् २०१७ मा स्थापित धामले स्थापनाकालदेखि नै आध्यात्मिक चेतना जागृत गर्ने र वैदिक ज्ञानको प्रसार गर्दै आएको छ।
पुष १६, २०८१ मंगलबार १५:५१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।