रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत
काठमाडौं : रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेताहरुलाई पुरस्कृत गरेको छ।
बिहीबार अल्फा अटोमोटिभ प्रालिले आफ्नो वेयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रमको आयोजना गरी सो सर्भिस क्विजका तीन जना विजेतालाई जनही एक एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको हो।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौका रितिज सापकोटा र काठमाडौ म्हेपीका सचिन आले रहेका छन्। रोयल इन्फिल्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले सो पुरस्कार हस्तान्तरण गरेका थिए।
अनलाइन सर्भिस क्विज कार्यक्रम गत कार्तिक १२ देखि पुस १० अर्थात अक्टोबर २८ देखि डिसेम्बर २५ सम्म सम्पन्न भएको थियो।
अनलाइन सर्भिस क्विजमा ६०० जनाले भाग लिएका थिए, जसमध्ये ३ जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो। यस अन्तर्गत सहभागीले फ्रि सर्भिस चेकअप, फ्रि वासिङको सुविधा समेत पाएका थिए।
सोही अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ। सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकहरुले हरेक वर्षको चार सर्भिसिङमा पार्ट्स, मर्मत सम्भारलगायतका सेवामा विशेष छुट एवम् सहुलियत प्राप्त गर्न सक्ने अल्फा अटोमोटिभ प्रालिका डाइरेक्टर मेघराज पौडेलले बताए।
पुष १६, २०८१ मंगलबार १०:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।