चीनले आफ्नो वित्त विभागको सिस्टम ह्याक गरेको अमेरिकी आरोप
एजेन्सी : अमेरिकाले चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले देशको अर्थ मन्त्रालय र अर्थ विभागको सिस्टम ह्याक गरेको आरोप लगाएको छ।
वित्त विभागका अधिकारीहरूका अनुसार ह्याकरहरूले कर्मचारीहरूको कार्यस्थल र केही कागजातहरूमा पुर्याएको छ। यो घटना डिसेम्बरको शुरुवाती दिनको हो।
चीनले भने ती आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ।
अर्थ विभागले सिनेटरहरूलाई पत्र लेखेर यसबारे जानकारी दिएपछि यो जानकारी सार्वजनिक भएको हो।
अमेरिकी एजेन्सीले यस चोरीलाई ‘ठूलो घटना’ भनेका छन्। यस घटनाको प्रभावको अनुसन्धान गर्न एफबीआई र अन्य एजेन्सीहरूसँग काम भइरहेको पनि एजेन्सीको भनाइ छ।
राजधानी वासिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले यी आरोपहरू अस्वीकार गर्दै अमेरिकाले तथ्यरहीत कुरा गरिरहेको बताए।
पुष १६, २०८१ मंगलबार ०८:१०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।