एकै याममा ३ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी पूर्णिमा सिएनएनको साहसी खेलाडीको सूचीमा

एकै याममा ३ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी पूर्णिमा सिएनएनको साहसी खेलाडीको सूचीमा

काठमाडौं : सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा परिन्। फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’को सूचीमा परेकी हुन्। 

विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्वित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। 

‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण याममा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एक मात्र पहिला बन्न सफल भएँ, उनले लेखेकी छन्। 

आरोही श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्। उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्।  

पुष १५, २०८१ सोमबार २१:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।