चीनले परीक्षणमा ल्यायो तीब्र गतिको रेल
एजेन्सी : चीनले तीब्र गतिको घरेलु ट्रेन(रेल)को परीक्षण गरेको छ। इएमयू सीआर ४५० को ट्रेनको आइतबार बिहान बेइजिङमा प्रोटोटाइम गरेको हो।
परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरू हेर्ने गरिन्छ।
परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघन्टा रहेको सीसीटीभीप्लसले जनाएको छ। चीन हाल संचालनमा रहेका तीब्र गतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ।
चाइना रेलवेका अनुसार व्यवसायीक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ। यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ।
पुष १५, २०८१ सोमबार २०:४७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।