ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ। 

बैंक पौष १८ देखि आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ। १८औं वार्षिकोत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दैछ। 

उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ्ग सेवा, डिजिटल/नविनतम बैंकिङ्ग सेवाहरू, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न बैंकिङ्ग शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्वलाई मध्यनजर गरी यस्ता कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। 

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ। 

पुष १५, २०८१ सोमबार १९:३१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।