झापा पुगेर प्रचण्डले भने 'केपी ओली देशकै जाली, झेली, कपटी र बेइमानी मान्छे हुन्'

झापा पुगेर प्रचण्डले भने 'केपी ओली देशकै जाली, झेली, कपटी र बेइमानी मान्छे हुन्'
फाइल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली र कपटी व्यक्ति भनेका छन्।  

सोमबार प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए।

‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी। मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन।’

पछिल्लो पटक एमाले-माओवादी गठबन्धन छोडेर कांग्रेससँग मिलेका एमाले अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप चलिरहेको छ। हिजोमात्रै पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गएको भनेका थिए। 

सम्बोधनको क्रममा प्रचण्डले गिरीबन्धु टि-स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्याएका छन्। गिरीबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने उनको दाबी छ। 

पुष १५, २०८१ सोमबार १६:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।