लिपमोटर नेपालद्वारा काठमाडौंमा एक सय सी१० ईभी बिक्री

लिपमोटर नेपालद्वारा काठमाडौंमा एक सय सी१० ईभी बिक्री

काठमाडौं : लिपमोटर नेपालले अत्यन्तै छोटो समयमा एक सय लिपमोटर सी१० कारहरू सफलतापूर्वक बिक्री गरेको छ।

यसलाई कम्पनीले विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिशनतर्फको महत्त्वपूर्ण उपलब्धिको रूपमा अर्थ्याएको छ।

यस उपलब्धिले लिपमोटरको नविनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गर्ने कम्पनीले जनाएको छ।

‘लिपमोटर सी१० प्रति ग्राहकहरूले देखाएको विश्वासका लागि हामी अत्यन्त आभारी छौँ। यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्दछ। हामी उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ’, लिपमोटर नेपालका प्रवक्ताले भने।

लिपमोटर परिवार अझै मजबुत हुँदै जाँदा कम्पनीले नवप्रवर्तनात्मक, वातावरणमैत्री सवारी साधन मार्फत ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित रहिरहने प्रतिबद्धता जनाएको छ।

पुष १५, २०८१ सोमबार १३:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।