मेलबर्न टेस्ट : अन्तिम दिनको लन्चसम्म भारतको तीन विकेट पतन
एजेन्सी : मेलबर्न टेस्टको अन्तिम दिनको सुरुवातमै ब्याटिङ गर्न आएको भारतले तीन विकेट गुमाएको छ।
पाचौं दिनको शुरूमा अष्ट्रेलिया अलआउट भएसँगै भारत ब्याटिङका लागि आएको थियो।
अस्ट्रेलियाको टोलीले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो।
दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएका भारतीय टोलीले २५ रनमा पहिलो विकेट गुमाएको हो।
पहिलो विकेटको रूपमा उसले ४० बल खेलेका कप्तानलाई गुमायो। शर्मा प्याट कमिङको बलमा मार्सको हातमा क्याचआउट भए।
उनी आउट भएपछि खेल्न आएका केएल राहुल पनि विना कुनै रन आउट भए।
त्यसपछि आएका विराट कोहली पाँच बल बनाएर आउट भए। प्याट कमिन्सको बलमा उनी उस्मान ख्वाजाबाट क्याचआउट भए।
यसअघि खेलको चौथो दिनमा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो। अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाएका थिए।
पुष १५, २०८१ सोमबार ०७:५१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।