बालेनलाई ‘नवराजा’ भन्दै विरोधमा उत्रिए कवाड व्यवसायी
काठमाडौँ : काठमाडौँ महानगरले ज्यादती गरेको भन्दै कवाड व्यवसायी सङ्घर्ष समिति विरोध प्रदर्शनमा उत्रिएको छ। समितिले आइतबार काठमाडौँ महानगरपालिका विरुद्ध विरोध प्रदर्शन गर्यो। प्रज्ञा भवन परिसरबाट सुरु भई घण्टाघर, रत्नपार्क, भृकुटीमण्डप, पद्मोदय मोड, पुतलीसडकहुँदै महानगरपालिकाको कार्यालय अगाडि पुगेर कोण सभा आयोजना गरेका थिए।
उनीहरूले नवराजाहरूको आतङ्क बन्द गर, कवाड व्यवसायीहरूको रक्षा गर, गुण्डागर्दी चल्दैन, महानगरको ज्यादती बन्द गर, बालेन शाह मुर्दावाद जस्ता नारा लगाएका थिए।
महानगरले पछिल्लो समय कवाड संकलन केन्द्रहरुमा हस्तक्षेप गर्दै हटाइरहेको छ। व्यवसायी यसको विपक्षमा निरन्तर विरोध प्रदर्शनमा छन्।
पुष १४, २०८१ आइतबार १६:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।