दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार (अपडेट)

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार (अपडेट)

एजेन्सी : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ। विमानमा सवार १८१ जनामध्ये ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ।

आज बिहान बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ। त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए। 

योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए। दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। 

पुष १४, २०८१ आइतबार ०९:५२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।