दक्षिण कोरिया : अवतरण गर्ने क्रममा विमानस्थलभित्रै जहाज दुर्घटना, २८ जनाको ज्यान गयो
एजेन्सी : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ।
बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ। विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो।
योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ। त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ।
पुष १४, २०८१ आइतबार ०८:०२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।