दिक्षित हुन आएकाहरूले भरीभराउ रंगशाला (तस्बिरहरू)
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आज ५०औं दीक्षान्त समारोह आयोजना गरेको छ।
आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी छन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता छन्। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएको समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सह-कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी छ।
पुष १३, २०८१ शनिबार १५:२४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।