पोखराको सेती खोंचमा खसेका ६१ वर्षीय पुरूषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखराको सेती खोंचमा खसेका ६१ वर्षीय पुरूषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा : पोखरा महानगरपालिका-९ स्थित पार्वती टोल नजिकै खोंचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोंचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।

पुन घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब १५ मिटर तल खोंचमा खसेका थिए।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो।

पुष १३, २०८१ शनिबार १४:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।