सुक्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ

सुक्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन्। 

शनिबार डायस्पोरा नेपालीहरूको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताए। 

उनले भने, ‘हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ। केही विकट ठाउँहरूमा पुग्न बाँकी छ।’

यसैगरी उनले अहिले उत्पादित भइरहेको बिजुली झन्डै ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए। ३५ सय मेगावाटको हाराहारीमा बिजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको उनको भनाई छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरू गर्न बजेटको अभाव रहेको बताए। उनले डायस्पोराका नेपालीहरूले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए।

पुष १३, २०८१ शनिबार १४:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।