मेलबर्न टेस्टमा तेस्रो दिनको खेल सकियो, नितिश रेड्डीले शतक बनाउँदा पनि भारत अझै ११६ रनले पछाडि
एजेन्सी : मेलबर्नमा जारी बोर्डर-गावस्कर ट्रफीको चौथो टेष्ट म्याचको तेस्रो दिनको खेल खराब प्रकाशका कारण समयअघि नै सकिएको छ।
भारतको स्कोर नौ विकेटको क्षतिमा ३५८ रन रहेको छ। यो अवस्थामा भारत एक सय १६ रनले पछाडि छ।
अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ४७४ रनमा अलआउट भएको थियो। भारतको लागि पहिलो इनिङ्सको सुरुवाती क्षण खास भएन।
७ विकेटको क्षतिमा २२१ रन भएको अवस्थामा पछि वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डीले आठौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भारत केही लयमा देखिएको हो।
१७१ बल खेलेका रेड्डीले १० चौका र एक छक्काको मद्दतमा एक सय पाँच रन बनाए। उनी अविजित छन्।
भारत र अष्ट्रेलियाले पाँच टेष्टको शृङ्खलामा एक-एक खेल जितेका छन्। टेस्ट च्याम्पियनसिप फाइनल खेल्नका लागि भारतले अष्ट्रेलियाविरुद्धको दुवै खेल खेल्नुपर्ने हुन्छ।
पुष १३, २०८१ शनिबार १३:३९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।