दक्षिण कोरियामा १३ दिनमा तीन राष्ट्रपति : संसदमा हंगामा, सांसदहरूले एक-अर्काको कठालो समाते
एजेन्सी : दक्षिण कोरियामा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डुक सुलाई महाभियोग लगाएर हटाएपछि त्यहाँको संसदमा हंगामा भएको छ।
उनलाई हटाउने पक्षमा एक सय ५१ मत आवश्यक भएकोमा एक सय ९२ मत खसेको थियो। महाभियोगपछि सांसदहरूले एक-अर्काको कठालो समातेका थिए।
सत्तारुढ दलले मतदान बहिष्कार गरेपछि कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा एक मत पनि परेन।
अब अर्थमन्त्री चोई साङ मोकले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन्। चोई सोङले डिसेम्बर ३ मा तत्काली राष्ट्रपतिले मार्शल ल लागू गरेपछि त्यसको खुलेर विरोध गरेका थिए। उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी भनेका थिए।
युन सुक येओलले ३ डिसेम्बरमा देशमा संकटकाल (मार्शल ल) लगाएका थिए। तर, प्रतिपक्षको विरोधपछि छ घण्टामै आफ्नो निर्णयबाट पछि हटेका थिए।
यसपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई महाभियोग लगाएर पदबाट हटाइएको हो। यसपछि १४ डिसेम्बरमा हान डक-सूलाई कार्यवाहक राष्ट्रपति बनाइयो तर उनी १३ दिन मात्रै यस पदमा रहन सके।
पुष १३, २०८१ शनिबार ०९:५४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।