२० गतेबाट फ्लोरमा जाने गरी ‘जन्ते बाख्रो’को शुभमुर्हत, सौगात र गरिमाको मुख्य भूमिका
काठमाडौं : अभिनेत्री गरिमा शर्मा र अभिनेता सौगात मल्लको भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को शुभसाइत भएको छ। शुक्रबार बिहान पौने ११ बजेको साइतमा कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको हो।
फिल्मको शुभसाइत कार्यक्रममा फिल्मका मुख्य कलाकार सौगात र गरिमा उपस्थित भएका थिए। फिल्मको मुहूर्त पूजामा नायक मल्ल र गरिमाको मुहूर्त सट खिचियो। छायांकनरत फिल्म ‘बलिदान’को लुक्समा नै उनी यो फिल्मको शुभमुर्हत कार्यक्रममा आएका हुन्।
पत्रकारले ‘तपाईंको बलिदानमा यही लुक्स हो’ भनेर सोध्दा उनले ‘होइन’ भन्दै टारे। यही पुस २० गतेदेखि छायांकन थालिने फिल्म सिमोस गुरुङले निर्देशन गर्दैछन्।
गरिमाको मुख्य भूमिका रहेको यो पहिलो फिल्म हो। यसअघि उनले फिल्म ‘लण्डन टु पेरिस’ र ‘ह्स्वदीर्घ’मा सहायक भूमिकामा काम गरेकी थिइन्। फिल्मको कथा मन परेकोकाले काम गरेको उनको भनाइ थियो।
फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। भारद्वाज र मल्लले यसअघि फिल्म ‘हात्तीछाप’मा सहकार्य गरेका थिए। यो फिल्मलाई सन्तोष गौतम र निर्देशक सिमोस आफ्नै लगानी छन्।
फिल्ममा सौगात र गरिमाका अलवा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
हरि हुँमागाईले छायांकन गर्ने यो फिल्मलाई मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो। यो फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।
पुष १३, २०८१ शनिबार ०८:४२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।