उकेरा प्रभाव : लुम्बिनी प्रादेशिक अस्पतालले मिलेमतोमा १५ करोडमा किन्न लागेको एमआरआईको टेन्डर रद्द

उकेरा प्रभाव : लुम्बिनी प्रादेशिक अस्पतालले मिलेमतोमा १५ करोडमा किन्न लागेको एमआरआईको टेन्डर रद्द

काठमाडौँ : बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले करिब १४ करोड ९३ लाख ६० हजार मूल्यमा एमआरआई मेसिन किन्न अगाडि बढाएको टेन्डर प्रक्रिया रद्द भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालले पुस १२ गते शुक्रवार एमआरआईको टेन्डर रद्द भएको सूचना जारी गरेको हो।

‘अस्पतालबाट २०८१ कात्तिक १ मा ठेक्का नम्बर ‘एलपीएच–एनसीबी–गुड्स–२२–२०८१–०८२’  भएको १.५ टेस्लाको एमआरआई मेसिन खरिदका लागि गरिएको बोलपत्र विशेष कारणले रद्द गरिएको’ सूचनामा उल्लेख छ।

लुम्बिनी प्रादेशिक अस्पतालले मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएको थियो। उकेराले यसबारे निरन्तर समाचार प्रकाशित गरेको थियो। यो टेन्डरमा अस्पताल प्रमुख डा. इन्द्र ढकाल मिलेमतोमा सक्रिय देखिएका थिए।

सम्बन्धित समाचार

पुष १२, २०८१ शुक्रबार १९:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।