साइबर आक्रमणको निशानामा परेको जापान एयरलाइन्सका सेवाहरू लयमा, दर्जनौं उडान ढिलाइ
एजेन्सी : साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरू लयमा फर्किन थालेका छन्।
बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए।
तर, पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको गरेको एयरलाइन्सले जनाएको छ। जापान एयरलाइन्स (जेएएल)अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो।
एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएका थिए। तर, रद्द वा अवरोध नभएको बताइएको छ।
‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ। हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ’, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ। कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ।’
टोकियोको हानेडा एयरपोर्टमा, धेरै उडानहरू ढिलाइ वा पुनः तालिकामा परेका थिए। यात्रुहरूले वाहकको नेटवर्क प्रणालीको अचानक खराबीले उनीहरूलाई स्तब्ध बनाएको थियो।
साइबर आक्रमणको खबर बाहिरिएपछि बिहीबार कम्पनीको शेयर मूल्य घटेको थियो। उडान अवरुद्धले जापानभर मेल र पार्सल डेलिभरीमा पनि ढिलाइ भएको छ।
पुष १२, २०८१ शुक्रबार १४:२८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।