मेलबर्न टेस्टको दोस्रो दिनमै भारतले गुमायो पाँच विकेट

मेलबर्न टेस्टको दोस्रो दिनमै भारतले गुमायो पाँच विकेट

काठमाडौं : पाँच खेलको टेस्ट सिरिजको मेलबर्नमा जारी चौथो खेलको दोस्रो दिनको खेल सकिँदा भारतको पाँच विकेट पतन भएको छ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङ्समा चार सय ७४ रन बनाउँदा स्टिभ स्मिथले आफ्नो शतक पूरा गरे।

त्यसपछि आजै ब्याटिङमा आएको भारतले पाँच विकेट गुमाएर एक सय ६४ रन बनाउँदा दोस्रो दिनको खेल सकिएको हो। खेलमा भारत अझै तीन सय १० रनले पछि छ।

भारतका लागि सुरुवात राम्रो भए पनि पछिल्लो आधा घण्टामा सेट ब्याटरसहित तीन विकेट झर्यो।

भारतका लागि यशस्वी जयसवालले सर्वाधिक ८२ रनको पारी खेल्दै रनआउट हुँदा विराट कोहली ३६ र केएल राहुल २४ रनमा आउट भए।

रोहित शर्मा तीन रनमा आउट हुँदा आकाश दिपले एक रन पनि जोड्न सकेनन्। रिसब पन्त र रविन्द्र जडेजाले समान सात–सात बल खेलेसँगै आजको खेल सकियो।

अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले समान दुई-दुई विकेट लिए।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति सम्मान प्रकट गर्न भारतीय क्रिकेट टोलीले आज हातमा कालो ब्यान्ड लगाएर खेलेको थियो। सिंहको बिहीबार राति निधन भएको थियो।

पुष १२, २०८१ शुक्रबार १३:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।