९२ वर्षको उमेरमा भारतका पूर्व प्रधानमन्त्री सिंहको निधन

९२ वर्षको उमेरमा भारतका पूर्व प्रधानमन्त्री सिंहको निधन

काठमाडौँ : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। उनी ९२ वर्षका थिए। बिहीबार बेलुका उनको निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार एम्स अस्पतालमा भर्ना गरिएको थियो।

सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको लेखेका छन्। 

पुष ११, २०८१ बिहीबार २३:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।