सौगात मल्लको फिल्म 'बम बहादुर' डेढ करोडमा बन्यो, ब्यापार जम्मा ९ लाख

सौगात मल्लको फिल्म 'बम बहादुर' डेढ करोडमा बन्यो, ब्यापार जम्मा ९ लाख

काठमाडौं : गत शुक्रबार रिलिज सौगात मल्ल अभिनीत फिल्म 'बम बहादुर' एक साता नहुँदै धेरै हलबाट उत्रिसकेको छ। मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंभित्रका हलमा फिल्म उतारिसकेको छ। आईएनआई, विग मुभिज, वान सिनेमाजले पनि फिल्म उतारेका छन्। 

वितरकका अनुसार बिहीबारसम्म देशभरबाट फिल्मको कमाइ ९ लाख रूपैयाँ हाराहारी मात्रै छ। 

जोन राई निर्देशित 'बम बहादुर' दार्जिलिङ क्षेत्रमा बस्ने नेपालीभाषीको कथामा बनेको फिल्म हो। सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा रहेर कथा बुनिएको थियो। 

निर्माण टिमका अनुसार यो फिल्म करिब डेढ करोड रुपैयाँ लगानीमा बनेको हो। भारतका दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्षको कथामा बनेका यो चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा छन्। 

फिल्ममा सौगातका साथमा प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ लगायत कलाकारहरुको अभिनय छ। 

पुष ११, २०८१ बिहीबार १८:४४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।