फिल्म 'लाज शरणम्'को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेनसिजलाई, नेपालमा ब्यांकटेसले वितरण गर्ने
काठमाडौँ : फिल्म 'लाज शरणम्'को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले पाएको छ। निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले भारत बाहेक अन्तर्राष्ट्रिय वितरण अधिकारको सम्झौतापत्रमा हस्ताक्षर गरे।
फिल्म फागुन १४ मा शिवरात्रिको अवसर पारेर रिलिज हुँदैछ। नेपालमा यो फिल्मको वितरण ब्यांकटेस इन्टरटेनमेन्टले लिएको छ।
कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारले अभिनय गरेका छन्।
नवीन श्रेष्ठ निर्माता रहेको फिल्म राम नरेश शाह र सृजना खड्का सह–निर्माता छन्। चलचित्रमा सुदीप बराल छायांकारका रूपमा रहेका छन्।
पुष ११, २०८१ बिहीबार १७:०३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।