आवश्यक ऐन बनाउन सकिएन, राष्ट्रिय सभाले बिजनेस पाएन : अध्यक्ष दाहाल
चितवन : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले बिजनेस पाउन नसकेको बताएका छन्।
आज स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए।
उनले भने, 'कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्ल-बल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।'
अध्यक्ष दाहालले आवश्यक ऐन बनाउन नसकिएको स्वीकार गरे।
सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।
पुष ११, २०८१ बिहीबार १५:०७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।