विवाह गर्दै शेख दाजुभाइ, रिसेप्सन पुस २० गते

विवाह गर्दै शेख दाजुभाइ, रिसेप्सन पुस २० गते

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आरिफ शेख र उनका भाइ आशिफ शेखको विवाह हुने भएको छ।

आरिफले सबाना खातुनसँग र आशिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह बन्धनमा बाँधिन लागेका हुन्।

विवाहपछिको रिसेप्सनका लागि अहिले उनीहरूले धमाधम कार्ड बाँडिरहेका छन्। उनीहरूको विवाहको रिसेप्सन भने पुस २० गते वीरगञ्जमा हुँदैछ।

आरिफ र आसिफ दुवै राष्ट्रिय क्रिकेट टोलीका सेन्ट्रल कट्याक्टमा रहेका खेलाडी हुन्।

भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट र आशिफ जनकपुर बोल्ट्सबाट खेलेका थिए।

एनपीएलको फाइनलमा यी दुवै टोलीबीच भएको उपाधि भिडन्त भने आशिफ मार्की प्लेयर रहेको जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।

एनपीएलको फाइनलको तयारीमा आरिफ र आशिफ लाग्दै गर्दा उनका बुवा मोहम्मद सलाम शेख भने छोराहरुको विवाहको तयारीमा थिए।

पुष ११, २०८१ बिहीबार १४:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।