जनकपुरमा एनपीएलको ‘ट्रफी परेड’ हुने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली जनकपुर बोल्ट्सले जनकपुरमा ‘ट्रफी परेड’ गर्ने भएको छ।
शुक्रबार मध्यान्ह १२ बजे राम जानकी क्रिकेट मैदानबाट सुरु हुने ट्रफी परेड रामजानकी मन्दिरमा पुगेर समापन हुने बोल्ट्सले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
बोल्ट्सका अनुसार राम जानकी क्रिकेट मैदानबाट सुरु परेड जिरो माइल, भानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै मन्दिरसम्म लैजाने कार्यक्रम छ।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा भएको एनपीएल फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो सिजनको ट्रफी हात पारेको थियो।
पुष ११, २०८१ बिहीबार १२:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।