वडाध्यक्ष महतोको निधन, पालिकामा शोक बिदा

वडाध्यक्ष महतोको निधन, पालिकामा शोक बिदा

मलङ्गवा : सर्लाहीको बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो।

भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगेर अस्पताल भर्ना गरिएको थियो।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै अन्तिम संस्कार गरिनेछ।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ।

पुष ११, २०८१ बिहीबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।