चिया ब्रेकसम्म भारतविरुद्ध अष्ट्रेलियाले बनायो एक सय ७६ रन

चिया ब्रेकसम्म भारतविरुद्ध अष्ट्रेलियाले बनायो एक सय ७६ रन

एजेन्सी : भारत र अष्ट्रेलियाबीचको बोर्डर गाभास्कर ट्रफी अन्तर्गत मेलबर्नमा जारी चौथो टेस्टमा अष्ट्रेलियाको टोलीले राम्रो सुरुवात गरेको छ।

पहिलो दिनको चिया ब्रेकसम्म ५३ ओभर बलिङ हुँदा अष्ट्रेलियाले एक सय ७६ रन बनाएको छ।

उसका लागि डेब्युटेन्ट साम कोन्स्टासले ६५ बलमा ६० रनको तुफानी पारी खेल्दा उस्मान ख्वाजा ५७ बलमा आउट भए।

सामलाई रविन्द्र जडेजाले एबीडब्लु आउट गर्दा उस्मान बुमराहको बलमा केएल राहुलबाट क्याचआउट भएका थिए।

अहिले क्रिजमा अष्ट्रेलियाको तर्फबाट मार्नुस लाबुसचेन र स्टिभ स्मिथ क्रिजमा छन्। लाबुसचेन ४४ र स्मिथ १० रन बनाएर खेलिरहेका छन्।

बलिङतर्फ भारतले छ बलर प्रयोग गरिसकेको छ। बुमराह र जडेजाको अलावा मोहम्मद सिराज, आकाश दीप, नितिश कुमार रेड्डी र वासिङ्टन सुन्दरले बलिङ गरिरहेका छन्।
 

पुष ११, २०८१ बिहीबार १०:२१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।