मोजाम्बिकमा हिंसात्मक प्रदर्शन हुँदा ३३ जनाको मृत्यु, जेलबाट भागे १५ सय कैदी

मोजाम्बिकमा हिंसात्मक प्रदर्शन हुँदा ३३ जनाको मृत्यु, जेलबाट भागे १५ सय कैदी

एजेन्सी : अफ्रिकी देश मोजाम्बिकमा चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै जेलबाट १५ सयभन्दा बढी कैदी भागेका छन्।

प्रदर्शनको क्रममा सुरक्षाकर्मीसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको देशका प्रहरी प्रमुख बर्नार्डो राफेलले जानकारी दिएको बीबीसीले जनाएको छ।

कारागारबाट भागेका १५० भन्दा बढी कैदीलाई पुनः पक्राउ गरिएको उनको भनाइ छ।

अदालतको फैसलापछि मोजाम्बिकमा सोमबारदेखि प्रदर्शन सुरू भएको छ। अदालतले अक्टोबरमा भएको निर्वाचनमा सत्तारुढ फ्रेलिमो पार्टीको जितको पक्षमा फैसला गरेको थियो।

यो पार्टी मोजाम्बिकमा सन् १९७५ देखि सत्तामा छ। अक्टोबरमा भएको विवादास्पद निर्वाचनपछि देशमा अशान्ति छाएको छ।

प्रहरी प्रमुख राफेलले बुधबार सरकार विरोधी सङ्गठनका प्रदर्शनकारीहरू राजधानीको कारागारमा पुगेका थिए, जसको फाइदा उठाउँदै कैदीहरूले कारागारको पर्खाल भत्काएर भागेका थिए।

पुष ११, २०८१ बिहीबार ०९:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।