मेलबर्न टेस्टमा अस्ट्रेलियाको राम्रो सुरूवात, डेब्यु गरेका कोन्स्टासले बनाए अर्धशतक
एजेन्सी : भारत र अस्ट्रेलियाबीच जारी टेष्ट सिरिजको चौथो खेलमा अष्ट्रेलियाले आक्रामक सुरूवात गरेको छ।
मेलबर्नमा जारी खेलमा लन्च ब्रेकसम्म अष्ट्रेलियाले एक विकेट गुमाएर ११२ रन बनाएको छ।
अस्ट्रेलियाका लागि अर्धशतक प्रहार गरेका साम कोन्स्टास ६० रन बनाएर जडेजाको शिकार बने। ६५ बलको सामना गरेका उनले छ चौका र दुई चौका हिर्काए।
हाल अस्ट्रेलियाका लागि उस्मान ख्वाजा ३८ र मामुस लाबुस्चेनले १२ रन बनाएर विकेट लिएका छन्।
आज बिहान अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। पाँच टेस्ट म्याचको यो सिरिजको तीन खेल सकिँदा एक–एकमा बराबरीमा छ।
सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो टेष्टमा अस्ट्रेलियाले जित हात पारेको थियो।
ब्रिस्बेनमा खेलिएको शृङ्खलाको तेस्रो टेष्ट खेल वर्षाले प्रभावित भएपछि बराबरीमा टुंगिएको थियो।
पुष ११, २०८१ बिहीबार ०८:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।