सिरियाले भन्यो- असद समर्थकहरूको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए
एजेन्सी : सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन्।
यस आक्रमणमा १० जना घाइते पनि भएका छन्। मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरुले बताएका छन्।
रिपोर्टका अनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात सैदनाया जेलमा संलग्न एक पूर्व अधिकारीलाई पक्राउ गर्न गएका थिए, जब उनीहरूमाथि आक्रमण भएको थियो।
असद सरकार करिब दुई हप्ता अघि सिरियामा पतन भएको थियो र अहिले विद्रोही इस्लामिक संगठन हयात अल-तहरिर (एचटीएस) को नियन्त्रणमा छ।
पुष ११, २०८१ बिहीबार ०७:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।