जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं  : जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ। 

जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो।

पुष ११, २०८१ बिहीबार ०७:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।