कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना : २५ जनाको जीवितै उद्धार
एजेन्सी : कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ।
कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ।
एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ।
अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन।
अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
पुष १०, २०८१ बुधबार १५:१६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।