बोर्डर-गावस्कर ट्रफी : भारतविरुद्धको चौथो टेष्ट खेलका लागि अस्ट्रेलियाको दुई परिवर्तन
एजेन्सी : अष्ट्रेलियाली टोलीले बोर्डर-गावस्कर ट्रफीको चौथो टेष्ट खेलमा भारतविरुद्ध दुई परिवर्तनको घोषणा गरेको छ।
अष्ट्रेलियाली टोलीका कप्तान प्याट कमिन्सले मेलबर्नमा हुने खेलका लागि नाथन म्याकस्विनीको स्थानमा साम कोन्स्टान्सलाई टोलीमा समावेश गरिएको बताए। यो उनको डेब्यु खेल हुनेछ।
योसँगै स्कट बोल्याण्डले जोस हेजलवुडको स्थान लिनेछन्।
अष्ट्रेलियाको प्लेइङ इलेभेन
उस्मान ख्वाजा, साम कोन्स्टान्स, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन, स्कट बोल्याण्ड।
सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोली विजयी हुँदा दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै सिरिज एक-एक अंकमा बराबरी गरेको छ।
ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल बराबरीमा सकिएको थियो। त्यसैले चौथो खेल दुवै टोलीका लागि शृङ्खला जित्ने हिसाबले निकै महत्वपूर्ण हुने भएको छ।
पुष १०, २०८१ बुधबार ११:५७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।