ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
काठमाडौं : ग्लोबल आईएमई बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सो बजार सञ्चालनमा ल्याएको हो।
उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सोमबार आयोजित एक समारोहबीच गरे। ‘उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नाराका साथ सो बजार सुरु गरिएको हो।
बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौं, कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुने बैंकले जानकारी दिएको छ।
रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाटबजारको प्रमुख उद्देश्य रहेको जानकारी दिए।
पुष १०, २०८१ बुधबार १०:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।