युनुस सरकारले भन्यो- ‘भारतबाट शेख हसिनालाई ल्याउनु अहिलेको प्राथमिकता’

युनुस सरकारले भन्यो- ‘भारतबाट शेख हसिनालाई ल्याउनु अहिलेको प्राथमिकता’

एजेन्सी : बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन्।

बीबीसी बंगलाका अनुसार शफिकुल आलमले भने, ‘सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।’

बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अगस्ट ५ देखि भारतमा छिन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौँ।’

पुष १०, २०८१ बुधबार ०९:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।